विराटनगरका पुराना फोटोग्राफर नविन खनालको दुर्घटनामा परि मृत्यु

<span class='c1'>विराटनगरका पुराना फोटोग्राफर नविन</span> <span class='c2'>खनालको दुर्घटनामा परि मृत्यु</span>

विराटनगर । विराटनगरमा लामो समयदेखी फोटोग्राफरको काम गर्दै आएका एक पुराना फोटोग्राफर नविन खनालको दुर्घटनामा परि मृत्यु भएको छ ।

विराटनगर ५ मुनालपथ स्थित लामो समयदेखी फोटो स्टुडियो संचालन गर्दै आएका ४२ वर्षीय खनाल मोटरसाईकल दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै आउँदै गरेको प्रदेश १–२–४४ प ५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा आइतबार राति ८ः४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परेर ९५७२ नम्बरको मोटरसाइकल चालक विराटनगर–५ का ४२ वर्षीय खनाल गम्भिर घाईते भएको थिए ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका खनालको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो ४ बजेतिर मृत्यु भएको हो ।खनाल लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य हुन् । उनले विराटनगर ५ मा मुनलाइट फोटो स्टुडियोसमेत सञ्चालन गर्दै आएका थिए । दुर्घटनामा परेर अर्को मोटरसाइकलको पछाडि सवार भारत झारखण्ड घर भइ विराटनगर–६ रामपुरस्थित माइतीमा बस्दै आएकी २९ वर्षीया सपना दास घाइते भएकी थिइन् । सामान्य अवस्थाकी उनको नोबेलमा उपचार भइरहेको छ ।

२४३४ नम्बरको मोटरसाइकलका चालक भारतको झारखण्डका ३४ वर्षीय राकेश रन्जनलाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्