विराटनगर । मोरङ फोटोग्राफर संघका कार्यसमिति सदस्य तथा क्षेत्र नम्बर १ विराटनगरका कोषाध्यक्ष ४२ वर्षीय नविन खनालको असामायिक निधनप्रति मोरङ फोटोग्राफर संघले एक दिन सम्पुर्ण व्यवसाय बन्द गरेका छन् ।
उनको निधनप्रति संघले मंगलबार शोक वक्तव्य जारी गर्दै एक दिनको लागि आफ्ना सम्पुर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
विराटनगरमा २ दशक भन्दा बढी लामो समयदेखी फोटोग्राफरको काम गर्दै आएका नविन खनालको आईतबार सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका थिए । प्रहरीका अनुसार गम्भीर घाइते भएका खनालको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो ४ बजेतिर मृत्यु भएको हो। विराटनगर ५ स्थित उनले लामो समयदेखी मुनलाइट फोटो स्टुडियोसमेत सञ्चालन गर्दै आएका थिए । खनालको एक छोरा र छोरी रहेका छन् ।