उफ् ! विराटनगरमा ह्वात्तै गर्मी बढ्यो : जनजीवन कष्टकर

<span class='c1'>उफ् ! विराटनगरमा ह्वात्तै गर्मी</span> <span class='c2'>बढ्यो : जनजीवन कष्टकर</span>

प्रेम देवान
विराटनगर । शरीर पसिनाले छप्पक्कै भिजेको छ । अनुहार पसिनाले भिजेपछि हातले पुछ्दा पुछ्दा हैरान । घरमा पंखा छ , तर लाईन छैन । घरवरीपरी अलि अलि रुख विरुवा छ । तर हावा चल्दैन ।

झ्याप्प झ्प्प लाईन गहिरन्छ । घरी घरी झुक्किएर नेपाल विद्युत् प्राधिकरणले लाईन त दिन्छ तर भोल्टेज हुदैन । भोल्टेज नभएपछि आम सर्वसाधरणहरु घर तथा पसल बाहिर बसेर हाते पंखाको भरमा दैनिकी काट्दै बस्न बाध्यछन् । घरी घरी झ्याप्प झ्याप्प गहिरहने लाईनेले गर्दा त झन दैनिक ज्यालादारी तथा गृहणीहरुलाई पनि उतिकै समस्या पर्दै गएको छ ।

यो खालको पिडा अहिले विराटनगरमा प्राय सबैले भोगिरहेका छन् भन्दा फरक नपर्ला । विगत साता दिनदेखी विराटनगर लगायत तराईका जिल्लाहरुमा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको छ । चर्को घामका कारण सडकमा तातो रापले मानिसहरु पिल्छिन बाध्य छन् । सडकमा आम सर्वसाधरणको चाप कम देखिन थालेको छ । काम विशेषले हिड्नुपरे पनि छाताको भरमा हिड्नुपर्ने बाध्यता । बालबालिकाहरु लाईन नभएपछि विभिन्न साहारा अपनाउदै हावाको साहारा लिईरहेका छन् ।

विशेषगरी तराई भेगका जिल्ल्लाहरुमा तापक्रम ३७ देखी ४० डिग्री सेल्सियस नजिक पुगेपछि सर्वसाधारणको दैनिकी जनजीवन प्रभावित हुदै गएको छ । विराटनगरमा केहीदिन यता बढेको बढ्दो गर्मीका कारण पनि विराटनगर महानगरपालिकाले ३ दिनका लागि आजबाट विद्यालय बन्द गराएको छ । गर्मीको समयमा बालबालिकाहरुलाई स्कुलमा समस्या आउन सक्ने भन्दै विराटनगर महानगरपालिका शैक्षिक महाशाखाले
एक विज्ञप्ति जारी गर्दै जेठ २८ गतेदेखी ३० गतेसम्मको लागि विदा दिने निर्णय गरेको हो ।

अत्याधिक गर्मीका कारण वृद्धवृद्धा, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन् । अस्पतालहरूमा घाम तथा गर्मीका कारण हुने डिहाइड्रेसन, चक्कर लाग्ने, ज्वरो जस्ता लक्षण लिएर उपचारका लागि विराटनगरका अस्पतालहरुमा बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकहरुको भनाई छ ।

यता स्थानीय प्रशासनले अत्याधिक गर्मीको समयमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सुचना जारी गर्दै अपराह्नको समयमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन तथा आवश्यक सावधानी अपनाउन सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्