विराटनगर १४ मा रहेको खानेपानी ट्याङ्गकी १७ बर्षपछि मन्त्री यादवद्धारा उद्धाटन

<span class='c1'>विराटनगर १४ मा रहेको खानेपानी ट्याङ्गकी</span> <span class='c2'>१७ बर्षपछि मन्त्री यादवद्धारा उद्धाटन</span>

विराटनगर । विराटनगर १४ स्थित जतुवामा १७ बर्ष अगाडी निर्माण गरिएको खानेपानी ट्याङ्गकीको खानेपानी मन्त्री प्रदिप यादवले उद्धाटन गरेका छन् ।

१७ वर्ष अगाडी निर्माण कार्य पुरा भएता पनि औपचारीक रुपमा उद्धाटन गरिएको थिएन । यसैविच बुधबार एक कार्यक्रम विच खानेपानी ट्याङ्कीका संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गरेका हुन् ।

विराटनगर–१४ स्थित जतुवामा लक्ष्मी नारायण मन्दिरको हाता भित्र २०६५ सालमा साढे ४ करोड रुपैयाँको लागतमा साढे आठ धुर जग्गामा खानेपानी ट्याङ्की निर्माण गरिएको थियो । खानेपानी ट्याङ्की १७ वर्षको अवधिमा जीर्ण र काम नलाग्ने अवस्थामा पुगेका छ । विराटनगर महानगरपालिकाको वडा नम्बर ८, १० र १४ का वडावासीलाई लक्षित गरेर खानेपानी ट्याङ्की निर्माण गरिएको थियो ।

हाल लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले खानेपानी ट्याङ्कीको उद्घाटन पछि खानेपानी ट्याङ्कीलाई सञ्चालन गर्न संघीय सरकार अन्तर्गतको खानेपानी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्