सुनचाँदीका गहनामा विलासिता कर खारेज नगरे व्यवसायनै बन्द गरि आन्दोलनमा होमिने चेतावनी

<span class='c1'>सुनचाँदीका गहनामा विलासिता कर खारेज नगरे</span> <span class='c2'>व्यवसायनै बन्द गरि आन्दोलनमा होमिने चेतावनी</span>

काठमाडौं । सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ । आम सर्वसाधारण उपभोक्ता देखि सबै बर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै आएका छन् ।

‘सरकारले बजेट मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाएको छ । यस्तो कर पटकै पिच्छेको विक्रीमा लागु हनुे बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) हो । झट्ट सुन्दा २ प्रतिशत जस्तो मात्र लागेपनि व्यवहारीक रुपमा भने ग्राहकहरुको लागि कम्तिमा पनि ६ प्रतिशत माथि थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली हो,’ विज्ञप्तीमा भनिएको छ ।

सरकारले सुनमा घुमाउरो पारमा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोगहुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोडदा १९ प्रतिशत सम्मको मूल्य वृद्धिमा व्यवसायी र उपभोक्तालाई पार्न खोजेको आरोप व्यवसायीहरुको छ ।
सरकारले गरेको यस्तो व्यवस्थाले सुनचाँदी बजारलाई अझ महामन्दि तर्फ अग्रसर बनाउने व्यवसायीहरुको तर्क छ । त्यसकारण जसरी भएपनि यस्तो कर तथा भ्याट खारेज हुनुपर्ने उनिहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्