अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो : मन्त्री भण्डारी

<span class='c1'>अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले</span> <span class='c2'>नेपाललाई पिडा दियो : मन्त्री भण्डारी</span>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन् ।

बुधबार नेपाल अमेरिका व्यापार : अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन् ।

उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व संध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ । अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए ।’ उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरु थप गर्नुपर्ने आवश्यकता भएको छ । हामी प्रसव पिडामा छौ । यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर । हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थले अगाडि बढ्नुपर्नेछ ।’

मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोशन नभईकन अर्थतन्त्रमा नयाँ खालको प्रगति गर्ने अवस्था नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्