पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

<span class='c1'>पत्रकार नारायण अर्याल</span> <span class='c2'>प्रहरी निगरानीमा</span>

काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकले संचालन गरेको युट्युब च्यानल ‘टफ टक’मा आबद्ध पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा छन् ।

अर्यालले आफूलाई प्रहरीले पिछा गरिरहेको बताए । विहीबार विहानदेखि ललितपुर कुपोन्डोल निवास नजिक प्रहरीले निगरानी बढाएको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुष्टि गरे । अर्याललाई पक्राउ गर्न खोजीरहेको लम्सालले जनाए ।

उनले भने,‘प्रेस स्वतन्त्रता दबाउने र पत्रकारमाथि मुद्दा लगाउने सरकारको यो कदम लोकतन्त्रको लागि खतरा हो।’ पाठकलाई काठमाडौँ जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।

लामो समय कान्तिपुर टेलिभिजनमा आबद्ध भएका पत्रकार अर्याल पछिल्लो समय ‘टफ टक’मा सम्पादकीय नेतृत्व गरिरहेका थिए । उनलाई विहीबार विहानदेखि नै प्रहरीले पिछा गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्