प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो बस्ने गरी स्थगित

<span class='c1'>प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो</span> <span class='c2'>बस्ने गरी स्थगित</span>

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रुमख प्रतिपक्षीलगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो । सो समयमासमेत बैठक बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि निर्धारण गरिएको थियो ।

निर्धारित समयमा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले विरोध जारी राखे । सभामुख देवराज घिमिरेले पटकपटक विपक्षी दलका सांसदलाई आशनग्रहण गर्न आग्रह गर्नुभए पनि विरोध जारी रहेपछि कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी गराउनुभयो । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरुले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । यसबीचमा प्रमुख दलबीच सहमतिको बिन्दु पहिल्याउन पटकपटक द्विपक्षीय, बहुपक्षीय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सभामुख घिमिरेले आज पनि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्नुभएको थियो ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेताहरुबीच पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्