थप चार प्रदेशमा फैलियो मनसुन

<span class='c1'>थप चार प्रदेशमा</span> <span class='c2'>फैलियो मनसुन</span>

काठमाडौँ । नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको जानकारी दिनुभयो ।

यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो । त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो । कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो । अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् भोली शुक्रबार हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्