संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति

<span class='c1'>संसद् चलाउन सत्तापक्ष र</span> <span class='c2'>विपक्षी दलबीच सहमति</span>

काठमाडौँ । प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र विपक्षी दलबीच दुई बुँदे सहमति भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतकबीच आज उक्त सहमति भएको हो ।

उक्त सहमतिसँगै अबरुद्ध संसद् सञ्चालन हुने बाटो खुलेको छ । यसअघि प्रतिपक्षी दलहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्न सहयोग पु¥याएका थिए ।

सहमतिको पहिलो बुँदामा भनिएको छ, “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ, उक्त कार्यलाई आयोगले निष्कर्षमा पु¥याउने नै छ । उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।”

साथै दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्