प्रतिपक्ष र सत्तापक्षबीच सहमति लुटतन्त्रको रक्षाका लागि हो : अध्यक्ष लिङ्देन

<span class='c1'>प्रतिपक्ष र सत्तापक्षबीच सहमति लुटतन्त्रको रक्षाका</span> <span class='c2'>लागि हो : अध्यक्ष लिङ्देन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले संसद् खोल्नको लागि सत्तापक्षसँग गरेको सहमति लुटतन्त्रको रक्षाका लागि भएको आरोप लगाएका छन् ।

आज(शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दलले गणतन्त्रको रक्षाकोलागि सहमति भएको भनेर पछाडि हटेको भन्दै तर होइन लुटतन्त्रको रक्षाको लागि सहमति भएको आरोप लगाएका हुन् ।

उनले भने,‘दृढतापूर्वक आत्मासर्पण गर्नुभएको सुन्न पाइयो । दृढतापूर्वक बहादुरका साथ पछाडि सरेको सुन्न पाइयो । हुने नै यही थियो । गणतन्त्रको रक्षाका लागि यो सहमति भएको भनियो तर होइन लुटतन्त्रको रक्षाको लागि भएको हो ।’

त्यस्तै उनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा विदेश जाने युवाहरुको भावनाको सोषण गर्दै दैनिक रुपमा भिजिट भिसामा जानेसँग ५० लाख अशुली गरेको विभिन्न तथ्यहरु सार्वजनिक रुपमा आएको भन्दै गृहमन्त्रीको नैतिकताको मात्र नभएर देशको बेइजत भएको बताए । गृहमन्त्रीले नौतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्