आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै

<span class='c1'>आज विश्व रक्तदाता दिवस,</span> <span class='c2'>सचेतनामूलक कार्यक्रम गरी मनाइदै</span>

काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ ।

यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । आज रक्तदातालाई धन्यावाद दिने दिनका रुपमा पनि लिइन्छ । यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

सामान्यतया १८ वर्षदेखी ६० वर्ष उमेर समुहकाले रक्तदान गर्न सकिन्छ । तौल कम्तिमा ५० के.जी हुनुपर्छ भने हरेक ३ महिनामा रक्तदान गर्न सकिन्छ । रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो । यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू र्पुयाइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ ।

दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ । त्यस्तो बेला रगतको विकल्प केही हुँदैन । त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो । समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ ।
रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्