विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् ।
आज(शनिबार) राठी निर्विरोध निर्वाचित भएका हुन् ।
उद्योग संगठन मोरङ्गको शुक्रबार ५२ औं साधारणसभा सम्पन्न भएको थियो । शनिबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष द्धितीय सुरेन्द्र गोल्छा, उपाध्यक्ष कृषि, जलस्रोत, ऊर्जा बिपिन काबरा, उपाध्यक्ष रोजगारदाता सुवोध कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पारस लुनिया पनि निर्विरोध भएका छन् । नयाँ सञ्चालक समितिको सदस्यमा दीपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, शौरभ सारडा, वीरेन्द्र राठी, प्रतिक राउत, पारस गोल्छा र किरण ब्यास चयन भएका छन् ।