गर्मी नघटेपछि वीरगञ्जमा थप छ दिन विद्यालय बन्द

<span class='c1'>गर्मी नघटेपछि वीरगञ्जमा थप</span> <span class='c2'>छ दिन विद्यालय बन्द</span>

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

महानगरले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो । सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि आगामी असार १ देखि ६ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताउनुभयो । “वर्षे सट्टे बिदाबाट मिलान हुनेगरी सो बिदा दिइएको हो”, उहाँले भन्नुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्