मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनको १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन सम्पन्न

<span class='c1'>मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनको १६औं वार्षिक</span> <span class='c2'>साधारण सभा तथा ८औं अधिवेशन सम्पन्न</span>

विराटनगर, मोरङ ,
मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनको १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको समग्र उपलब्धिको समीक्षा गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

सञ्जय श्रेष्ठको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिबाट नयाँ अध्यक्षका रूपमा दिल्ली राम आचार्य चयन भएका छन्। अधिवेशनमा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको सफल समापन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए।

नव-निर्वाचित कार्यसमितिको अध्यक्षमा दिल्ली राम आचार्य, निवर्तमान अध्यक्ष सञ्जय श्रेष्ठ, उपाध्यक्षमा मनोज बिक्रम शाह, सचिवमा जीवन पोखरेल त्यसैगरी सह-सचिवमा रूपेश बराल, कोषाध्यक्षमा रवि अग्रवाल र सदस्यहरू उत्क्रिस्ट भट्टाराई, गंगा प्रसाद शर्मा, राजेश कुमार भगत, प्रतीक थापा, शशि मोहन सिन्हा
साथै मनोनीत सदस्यहरू मनोज कुमार चौधरी, निशार अहमद चयन भएका छन् ।

२०५४ सालमा स्थापना भएको मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसनले हालको संघीय संरचनाअनुसार कोशी प्रदेशभरि “नाडा मोरङ अटोमोबाइल्स डिलर्स एसाेसिएसन” को रूपमा आफ्नो क्रियाकलाप विस्तार गरिरहेको छ। अटोमोबाइल्स व्यवसायीहरूको हक–हितको संरक्षण, व्यवसायिक वातावरणको प्रवर्द्धन र नीतिगत सुधारमा संस्थाले निरन्तर अग्रसर भूमिका खेल्दै आएको छ।

नवगठित कार्यसमितिले आगामी दिनहरूमा व्यवसायीहरूबीच एकता अभिवृद्धि गर्दै संस्थालाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्