ट्रेड टावरको आईपीओ बाँडफाँड

<span class='c1'>ट्रेड टावरको</span> <span class='c2'>आईपीओ बाँडफाँड</span>

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ ।

कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतीमा आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरुबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुदाँ कम्पनीले जारी गरिएको शेयर संख्या भन्दा बढी संख्यामा शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएको थियो ।

सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरुलाई र बाँकी ५.१९ कित्ता शेयर सोहि मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरुलाई गोलाप्रथाबाट नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।
आईपीओको नतिजा मेरो शेयर र सिडिएसी क्लिीयरिङ लिमिटेडको वेभसाइटबाट हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्