हेवा खोलाको पुल भाँचिएको घटना बारे छानविन गर्न समिति गठन

<span class='c1'>हेवा खोलाको पुल भाँचिएको घटना</span> <span class='c2'>बारे छानविन गर्न समिति गठन</span>

काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरि पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन् ।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् । समितिलाई सो पुल भत्कनुको कारण, भविश्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानविन गरि ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिईएको छ । समितिले आईतबार देखिनै काम शुरु गरि सकेको छ ।

मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गर्नुको साथै घाइते मजदुरहरुको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले उपचारात घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्