रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ ? : सांसद घिमिरे

<span class='c1'>रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन</span> <span class='c2'>नैतिकताले दिन्छ ? : सांसद घिमिरे</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले रास्वापालाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ?भन्दै प्रश्न गरेका छन् ।

आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘रास्वपाले नौतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरुले पाँचवटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति सुद्दीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’

उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैबाट सुरु गर्नुपर्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्