हेवा खोलामा निर्माणाधिन बेलिब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग

<span class='c1'>हेवा खोलामा निर्माणाधिन बेलिब्रिज बाँकी काम</span> <span class='c2'>पूरा गर्न सांसद भट्टराईको माग</span>

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको लागि छिटो पहल गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको भन्दै यसलाई पुन निर्माण गर्न छिटो पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरुमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपाली पनि मनसुनको सिजन आउँदैछ । सरकारले अन्तिम चरणमा पु¥याएको पुल फेरि भत्किएको छ । यसबाट स्थानीयको साथै पर्यटकहरुलाई पनि प्रभाव परेको छ । उक्त पुल पुन निर्माणको लागि छिटो पहल गर्नुपर्छ ।’

उनले उक्त दुर्घटनामा त्यहाँ काम गर्ने मजदुरहरुको मृत्यु भएको भन्दै उनीहरुप्रति भावपुर्ण श्रद्धान्जली पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्