कोशी प्रदेशमा एक जना महिलामा कोरोना संक्रमण पुष्टि

<span class='c1'>कोशी प्रदेशमा एक जना</span> <span class='c2'>महिलामा कोरोना संक्रमण पुष्टि</span>

इन्दु साह
विराटनगर । कोशी प्रदेशमा एक जना महिलामा कोरोना पुष्टि भएको छ ।

विर्तामोड–५ की ५२ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । अहिले उनको अवस्था सामान्य रहेकोले घरमै आईसोलेशन गरिएको बताइएको छ ।

झापाको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उनको कोरोना पुष्टि भएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.केनिल राईले जानकारी दिएका छन् । संक्रमितको घर समेत बिर्तामोड नै रहेको जनाइएको छ । डा.राईका अनुसार झापा जिल्ला बाहेक कोशीमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएको केस छैन ।

ज्वरो, रुघाखोकी, सामान्य टाउको दुख्नु लगायतका लक्षण देखिएमा परीक्षण गरेर सावधान अपनाउन भनिएको छ । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण फैलिएको छ । मोरङ, सुनसरी, झापा, इलाम भारतसँग सीमा जोडिएका जिल्ला हुन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्