नेपाल बिजनेस कलेजका बीबीए र बीआईटीका विद्यार्थी विदाई कार्यक्रम सम्पन्न

<span class='c1'>नेपाल बिजनेस कलेजका बीबीए र</span> <span class='c2'>बीआईटीका विद्यार्थी विदाई कार्यक्रम सम्पन्न</span>

विराटनगर । नेपाल बिजनेस कलेज (NBC), विराटनगरले बीबीए(BBA) र बीआईटी(BIT) कार्यक्रम सकाएका विद्यार्थीहरूको सम्मानमा एक भव्य विदाई समारोह सम्पन्न गरेको छ।

विराटनगरको होटल इस्टर्न स्टार आयोजित यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी, शिक्षक, कर्मचारी तथा अतिथिको उपस्थिति रहेको थियो।

विदाई समारोहको सुरुवात नेपाली राष्ट्रिय गानबाट गरिएको थियो भने LINCOLN UNIVERSITY, मलेसियाका डीन प्रा. डा. अभिजित घोषको निधनमा १ मिनेट मौनधारण गर्दै कार्यक्रम सुरु गरिएको थियो। यो विदाई कार्यक्रम BBA सातौँ र BIT छैटौँ सेमेस्टरका विद्यार्थीहरूको समन्वयमा आयोजना गरिएको थियो।

कलेजका संस्थापक अध्यक्ष डा. भेष प्रसाद धमालाले विद्यार्थीहरूलाई जीवनमा सफलता, समाजसेवा र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने प्रेरणा दिनुभएको छ। उहाँले कलेजले दिएको व्यवहारिक ज्ञानलाई जीवनमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ।

कलेजका व्यवस्थापन समिति सदस्य कबिराज नेउपानेले "देश सेवा, व्यावसायिक सफलता र नैतिक जिम्मेवारी"को महत्वमा जोड दिनुभएको छ।

कार्यक्रममा एकेडेमिक डाइरेक्टर प्रा. डा. बेदराज आचार्य, मेनेजिङ डाइरेक्टर दीपक कोइराला, BIT को-ऑर्डिनेटर ओमर फारूक, MBA/BBA को-ऑर्डिनेटर पिंकी शर्मा, प्रा. डा. हरिहर भण्डारी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विदाई विद्यार्थीहरूले नेपाल बिजनेस कलेजले सिकाएको व्यावसायिक दक्षता, Soft Skills Training, र Real Business Case ले आफ्नो व्यक्तित्व विकासमा ठूलो योगदान दिएको बताएका छन्। उनीहरूले कलेजको Exposure र व्यवहारिक शिक्षालाई आफ्नो भविष्यको आधार मानेका छन्।

कार्यक्रमको समापनमा कलेजका तर्फबाट विदाई विद्यार्थीहरूलाई मायाको चिनो स्वरूप विशेष उपहार प्रदान गरिएको थियो। अध्यक्ष डा. धमाला र को-ऑर्डिनेटर पिंकी शर्माले उपहार हस्तान्तरण गर्नुभएको थियो। यसै क्रममा सामूहिक केक काटेर समारोहमा रमाइलोपन थपिएको थियो।

नेपाल सरकार, शिक्षा मन्त्रालयको अनुमति तथा LINCOLN UNIVERSITY, मलेसियासँगको सहकार्यमा सञ्चालित नेपाल बिजनेस कलेजमा हाल BBA, BIT र MBA तहमा ३६० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। आउँदो शैक्षिक सत्रदेखि BHM (Bachelor in Hotel Management) कार्यक्रम पनि सुरु गरिने कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्