तीन करोडभन्दा कम लागतका आयोजनाप्रति पूर्वमन्त्री महतको टिप्पणी

<span class='c1'>तीन करोडभन्दा कम लागतका</span> <span class='c2'>आयोजनाप्रति पूर्वमन्त्री महतको टिप्पणी</span>

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना राखेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलप्रति आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै डा.महतले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने कार्यविधि पालना नभएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘संघीय बजेटले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने जुन कार्यविधि बनाएका थियौँ त्यो कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको छ । तरपनि तीन करोडको जुन सीमामा बजेट विनियोजन गर्ने, कम्तिमा पनि तीन करोडभन्दा तल बजेट नराख्ने कुरामा जति अर्थमन्त्रीजी त्यसमा अझ सशक्त हुनुपथ्र्यो भएको देखिएन् । त्यसमा कतिपय बजेट प्रस्तावहरू तीन करोड नै रहेको अवस्था छ । देशको आवश्यकता बजेटमा अनुशासन, विनियोजनमा अनुशासन र परिणाममुखी विनियोजन नै हो । त्यसबाट मात्रै आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्न सक्छ । आउँदा दिनमा सरकार अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ।’

उनले आगामी बजेटले विनियोजन अराजकता र अनुशासनहीनता पनि अन्त्य गरेको बताए । उनले आउँदा दिनमा सरकारले अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्