रास्वपा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो

<span class='c1'>रास्वपा र राप्रपाको आरोप :</span> <span class='c2'>संसद बिचौलियाको पक्षमा उभियो</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन् ।

उनले भने, ‘बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने भन्नु भएको थियो । तर बैठक सुरु भैइसकेपछि रास्वपालाई पहिले बोल्न दिइएन सभामुखले पनि झुटो बोल्नुभयो ।’ झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे । प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए ।
उनले भने, ‘मानव तस्करी जुन भैइरहेको छ संगठित अपराध, त्यसमा गृहमन्त्रालयको केही जिम्मेवार कर्मचारी र गृहमन्त्रीको संलग्नताबारे हामीले आवाज उठाएर जुन बैठक अवरोध गर्ने र त्यसमा आवाज राख्ने र केही मागहरु हाम्रो छ स्पष्ट छ पाँच बुँदे । प्रमुख प्रतिपक्ष दलले दुई बुँदे सम्झौता गर्नुभयो तर हाम्रो यो उधारो सहमति भएन ।’

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको बताए । उनले भने, ‘संसद र सभामुख विचौलियाको पक्षमा उभिएको छ । हामीले संसद बहिष्कार गरेका छौं यो भन्दा अरु विकल्प केही छैन । भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको हौँ । सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसदमा बस्नुको कुनै औचित्य हुँदैन ।’

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्