कान्तिपुर कलेज नाम लेखिएको बसमा भन्सार छलेर सामान ल्याउने दुई पक्राउ

<span class='c1'>कान्तिपुर कलेज नाम लेखिएको बसमा भन्सार</span> <span class='c2'>छलेर सामान ल्याउने दुई पक्राउ</span>

विराटनगर । कान्तिपुर कलेज नाम लेखिएको स्कुल बसमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका सामानसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बस चालक विराटनगर १४ बस्ने ३८ वर्षीय गोपाल रेग्मी र सहचालक विराटनगर १५ बस्ने ४८ वर्षीय मंगला यादव पक्राउ परेका हुन् ।

 

उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक कविन राईको टोलीले आज(आईतबार) चेकजाँच गर्ने क्रममा सामान सहित दुवैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । जोगबनीबाट आएको बसमा ३८७ पिस कुर्ता सुरुवालसहित अन्य कपडा गरीको मुल्य गरी ६ लाख १६ हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यता विराटनगर १० मा रहेको कान्तिपुर कलेजका प्रिन्सीपल भुवन नेपालका अनुसार ‘नाम हाम्रै कलेजको हो, तर बस हाम्रो हैन’ हामीले बस भाडा लिएका मात्र हौँ । नेपालले भने,’ हाम्रा विद्यार्थी जोगबनीबाट आउदैनन् पनि , छैनन् पनि । गोपाल रेग्मीको बस हामीले भाडामा लिएका थियौ ।

‘अहिले त्यो बस चलाएका पनि छैनौँ । कक्षा ११ को नयाँ भर्नापछि मात्र बस धनीसँग कुरा गरेर चलाउने तयारीमा थियौ ।’ तर हाम्रो कलेजले नै तस्करी गरेर सामान ल्याएको भन्दै बाहिर आएका समाचार प्रति हाम्रो गम्भिर आपत्ती छ, भोली यो विषयमा पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउने प्रिन्सीपल नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्