इजरायल-इरान युद्धका कारण विराटनगरका मेयर नागेश कोइराला बंकरमा लुक्न बाध्य

<span class='c1'>इजरायल-इरान युद्धका कारण विराटनगरका मेयर</span> <span class='c2'>नागेश कोइराला बंकरमा लुक्न बाध्य</span>

विराटनगर । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला बंकरमा लुक्दै बस्न बाध्य भएका छन् ।

भ्रमणकै बिचमा इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले थालेको प्रत्याक्रमणका कारण मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधि बंकरमा बस्न बाध्य भएका हुन् ।

मेयर कोइरालाले आफू इजरायलको राजधानीबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा सुरक्षित रहेको बताएका छन् । टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि रहेको जानकारी दिँदै फोनमा उनले भने, ‘इजरायलको सहकारी अभ्यास बारे अध्ययन गर्न आएका हौं । सरकारले नै अहिले बंकरमा राखेको छ ।’

इजरायलमा अहिले आपतकाल लागू गरेर विमानस्थलहरू बन्द रहेकोले फर्कने मिति अनिश्चित रहेको कोइरालाले जानकारी दिए । अन्य समयमा बाहिर बसेपनि खतरारको संकेत स्वरुप साइरन बजेपछि बंकरमा बस्नुपर्ने नियम रहेको उनले सुनाए ।आफूलाई इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले भेटेको र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको कोइरालाले बताएका छन् । इजरायलमा करिब ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली रहेको र उनीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप-प्रमुख/प्रवक्ता कुमार बहादुर श्रेष्ठलाई फोन नम्बर +९७२–५३५३६०७४८, ०३५१००१११ र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ। त्यसैगरी , नेपाली राजदूतावास, दोहामा मिनिस्टर काउन्सिलर/नियोग उपप्रमुख कुमार राईलाई फोन नम्बर +९७४-५५६१६०४०, +९७४-४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ।

इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।

यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ।

इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् । दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले सम्म जारी छ ।

दुई मुलुक चिको भिषण युद्धका कारण इजरायलले स्थानीय समयअनुसार शनिबार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था समेत बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय चिन्ता

अन्य राष्ट्रहरूले संयम अपनाउन र ठूलो द्वन्द्वविरुद्ध चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार फोनवार्तामा इरान र इजरायलबीचको द्वन्द्व ‘अन्त्य हुनुपर्छ’ भन्ने कुरामा सहमत भएको बताउनुभएको छ । तर आइतबार बिहान ट्रम्पले इरानलाई तेहरानको आणविक र गुप्तचर सुविधाहरूमा इजरायलको आक्रमणसँग वासिङ्टनको ‘कुनै सम्बन्ध छैन’ भनेर दोहो¥याउँदै यदि इरानले संयुक्त राज्य अमेरिकामा आक्रमण गरेमा उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ अनुभव गर्ने चेतावनी दिनुभयो ।

तेहरानको नजिकको सहयोगी तर इरानको कट्टर शत्रु अमेरिकाको रणनीतिक साझेदार इराकले क्षेत्रीय तनावमा पर्नबाट रोक्नका लागि इरानी र अमेरिकी सरकारलाई सम्पर्क गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्