आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

<span class='c1'>आजदेखि १० रुपैयाँ दरका</span> <span class='c2'>नयाँ नोट प्रचलनमा</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ ।

बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो ।

‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकवाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सुचनामार्फत जनाएको छ।

नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लिखिएको हुनेछ ।
त्यसैगरी नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ ।

मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्