डिभाइडरका बिरुवालाई छोप्यो सिरुले

<span class='c1'>डिभाइडरका बिरुवालाई</span> <span class='c2'>छोप्यो सिरुले</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाले कोशी राजमार्गको रानी–बरगाछी सडक खण्डको मेडियन स्ट्रिप्स (डिभाइडर) मा रोपेको बिरुवा घाँसले छोपेको छ । तलदेखि माथिसम्म सिरु पलाएर रोपिएका फूल तथा बिरुवालाई छोपेको हो ।

मेडियनमा पलाएको सिरुका कारण सडक केन्द्रभागबाट दायाँ–बाँयाका लेन देखिन छोडेको छ । सडक क्रस सेक्सनबाट सवारी पास हुँदा दुर्घटना हुनसक्ने संभावना बढाएको नागरिकले गुनासो गरेका छन् । महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम एकमुष्ट संकलन गरेर उपभोक्ता समितिमार्फत बिरुवा रोप्ने तथा संरक्षणका लागि जाली लगाउने काम गर्दै आएको छ ।
बिरुवा जागेर हरियाली भईसकेको छ । तर, वर्षात् लागेपछि त्यहाँ उम्रिएको घाँस बढेर बाटो नै छेक्ने स्थिति पुगेको छ । सडकको क्रस सेक्सनमा पुगेका सवारीले अतिकति पनि सावधानी गुमाए एकअर्कामा ठोक्किन सक्ने गरी घाँसले छोपेको सवारीका चालकको भनाई छ । महानगरपालिकाले आफैं लगाएको बिरुवा छोप्न आँट्दा समेत गोडमेल नगरेको भन्दै आलोचना समेत भएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढंगेलले वर्षात सुरु भएपछि सिरु फस्टाएर आएको बताएका छन् । उनले पानी परेर अझै कमलो भएपछि यसलाई उखेल्ने योजना रहेको बताए । उनले गत आइतबारदेखि नै क्रमशः घाँस काट्ने काम भईरहेको सुनाउँदै भने–थोरै संख्याले पार लगाउने नदेखिएकोले अब जनशक्ति थपेर काम लगाउँछौं ।

बरगाछी–रानी सडकमा ४६ वटा ब्लक रहेको डिभाइडरमध्ये अधिकांशमा बिरुवा रोपिसकिएको छ । त्यति मात्रै नभई रोपिएका बिरुवाको संरक्षणका लागि तारजाली समेत लगाइएको छ । विराटनगर महानगरपालिकाले गतवर्ष विश्व वातावरण दिवसको दिनदेखि यो अभियान प्रारम्भ गरेको थियो । सामान्य काम भएपनि यसले शहरको सौन्दर्यकरणलाई सहयोग पु¥याएको छ । वातावरणका हिसाबले पनि यसको महत्व धेरै रहेको छ । बैंक तथा वित्तीय संस्थाले हालसम्म ३२ लाख बराबरको योगदान बिरुवा रोप्ने तथा संरक्षण गर्ने कार्यका लागि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्