‘प्रोजेक्ट बी’ बालबालिका र युवालाई जागरुक बनाउने सशक्त मञ्चन

<span class='c1'>‘प्रोजेक्ट बी’ बालबालिका र युवालाई</span> <span class='c2'>जागरुक बनाउने सशक्त मञ्चन</span>

इन्दु साह
विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा मञ्चन भइरहेको नाटक ‘प्रोजेक्ट बी’ जलसंकट, आसा र नेतृत्वको वास्तविक सन्देश दिर्दै मञ्चन भईरहेको छ । युवा र बालबालिकालाई सन्देश दिने नाटक असार १ गतेदेखि सुरु भएको हो । नाटक असार ८ गतेसम्म प्रत्येक साँझ ५ः३० बजे दर्शकहरूका लागि मञ्चन हुनेछ ।

नाटकको कथा एउटा काल्पनिक तर गहिरो सन्देश बोकेको जीव जनावर समुहमा आधारित छ। खडेरीले सम्पूर्ण बस्ती प्यासले छटपटाइरहेका बेला, एक युवराजले राजगद्दीको रहरभन्दा अगाडि जनताको प्यास मेटाउने संकल्प लिएर पानी खोज्न यात्रा सुरु गरेको सन्देश नाटकले दिएको छ । यसै यात्रामा संघर्ष, साहस र नेतृत्वको परीक्षा सुरु भएको देखाइएको छ ।

पानी खोज्ने साहसिक प्रयास नाटकको मूल कथा हो, जसमा जनावर पात्रहरू मार्फत जलस्रोतको महत्व, संकटमा नेतृत्वको भूमिका र व्यक्तिगत संकल्पको कथा बुनिएको छ। सपना देख्न र त्यसलाई पुरा गर्न आत्मविश्वासको कति खाँचो पर्छ भन्ने सन्देश नाटकले बलियो ढंगमा दर्शक सामु राखेको छ।

नाटकमा सहभागी कलाकारहरूको शक्ति, समर्पण र जीवन्त अभिनय दर्शकहरूलाई प्रभावित पार्ने खालको छ। बिशेष गरी बालबालिका र युवाहरूका लागि यो नाटक शिक्षाप्रद, प्रेरणादायी र मनोरञ्जनात्मक बनेको छ।

आरोहण गुरुकुलमा प्रस्तुती भई रहेको नाटकले जलवायु परिवर्तन, प्राकृतिक स्रोतको संरक्षण र सामाजिक उत्तरदायित्व जस्ता गम्भीर विषयलाई कला र भावनाको माध्यमबाट प्रभावकारी रूपमा उजागर गर्न सफल देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्