विराटनगरमा बारम्बार भोल्टेज किन जान्छ ? (भिडियोसहित)

<span class='c1'>विराटनगरमा बारम्बार भोल्टेज किन</span> <span class='c2'>जान्छ ? (भिडियोसहित)</span>

देवराज तामाङ
विराटनगर। गर्मी समयमा अनियमित रुपमा विद्युत पटक पटक आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित हुने गरेका छन्। चर्को गर्मीका कारणले आत्तिएका सर्वसाधारण बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा आक्रोशित हुने गरेका छन् । त्यति मात्रै नभई जनजीवन प्रभावित समेत हुने गरेको छ ।

गर्मीमा समयमा पर्यावरणीय चुनौती, ग्राहकको रिपोर्ट बनाउने क्रम तथा मर्मत सम्भारको कार्य गर्न विद्युत लाईन सटडाउन तथा ट्रीप हुने हुँदा विद्युत धेरै पटक जाने गरेको हो ।

गर्मीमा विद्युतको खपत बढ्ने भएकाले विद्युतीय संरचनामा लस बढ्ने, भोल्टेज ड्रोप हुने तथा पश्चिम क्षेत्र साथै भारतबाट विद्युत आयात गर्नु पर्ने हुँदा पूर्वी क्षेत्रमा भोल्टेज कम हुने गरेको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख इन्जिनियर सरोज कुमारले जानकारी दिए ।

विराटनगर महानगर बजार क्षेत्रमा बिजुली कतिबेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा ग्राहक मर्कामा परेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा विराटनगरको पिकआवर डिमान हाल ८० एमभीएबाट बढेर १०० एमभीए पुगेको छ। नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रको क्षमता १४४ एमभीए रहेको छ।

प्राधिकरणका अनुसार यस समस्याका कारण ट्रान्सफर्मरहरूको फ्युज पड्किने, केबल सकेटहरू पग्लिने वा जल्ने, केबलमा क्षति भएर विद्युत् आपूर्ति अवरुद्ध हुने, ट्रान्सफर्मर ट्रिप हुने र भोल्टेज अस्थिरता जस्ता समस्याहरू उत्पन्न भएका हुन्। यी समस्याहरूको तुरुन्त पहिचान र समाधानका लागि प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर कार्यरत हुन्छन् तर पनि समस्या बारम्बार दोहोरिन्छ ।

विराटनगरमा झ्यापझ्याप लाईन जानुको कारण भनेको कुनै स्थानको ट्रा्न्सफार्मर वा तारमा आगो लाग्यो भने मर्मत गर्ने क्रममा लाईन ट्राई गर्दा जाने काट्नु हो। विराटनगरमा गर्मीमा सबैभन्दा बढी भाद्र महिनामा लगभग ४ करोड ४४ लाख १६ हजार ६५९ युनिट विद्युत खपत हुने गरेको छ । त्यो खपत जाडोमा सबैभन्दा कम पुस महिनामा ३ करोड ६ लाख ७५ हजार २५० युनिट खपत हुने गरेको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ ।
विराटनगरमा गत आर्थिक वर्ष २०८०/८१ को मङ्सिर महिनामा सबैभन्दा कम २ करोड ४७ लाख ३९ हजार ०२६ युनिट मासिक विद्युत खपत भएको छ । गर्मीमा सबैभन्दा बढी साउनमा ४ करोड १ लाख ३९ हजार ४ सय १० युनिट मासिक खपत भएको थियो।

आर्थिक वर्ष २०७९/८० को गर्मीमा सबै भन्दा बढी भदौमा ३ करोड ५९ लाख ९७ हजार १ सय ८८ युनिट मासिक खपत भएको थियो प्राधिकरणले जनाएको छ । उनले भने, ‘पूरै लाइन अपग्रेड नगर्दासम्म अपग्रेड कार्य भइराख्ने र सो कार्य गर्न लाइन आवश्यकता अनुसार सूचन प्रकाशन गरी शटडाउन गर्नु पर्ने हुन्छ।’

गर्मी महिनामा हावाहुरीसहित परेको पानीले गर्दा पोल ढलने कुनै स्थानमा विद्युतको तारहरुमा रुखका हाँगाहरु भाँच्चिएर अड्किने हुँदा तथा विद्युतीय पोलमा नेटका तारहरुमा हुने आगलागीका कारण विद्युत आउने जाने समस्या हुने गरेको प्रमुख इन्जिनियर सरोज कुमारले जानकारी दिए ।

बिद्युतका पोलमा अन्य सेवाप्रदायकको तारको गजुल्टोले समेत धेरै समस्या बनाएको उनी सुनाउँछन् । दुहबीबाट ६ वटा ३३ केभी को फिडरबाट विराटनगर वितरण अन्तर्गत रहेको ४ वटा सवस्टेशन विद्युत् आपूर्ति भईरहेको छ ।

विराटनगरमा ४ वटा सवस्टेशनबाट विद्युत वितरण हुने गरेको छ । जसमा बाँसबारी, टंकीसिनुवारी, रानी र कटहरी सवस्टेशन रहेका छन् । बाँसबारी सवस्टेशनबाट ११ के.भी.को ३ वटा फिडर निस्कन्छ । टंकीसिनुवारी सवस्टेशनबाट ११ के.भी.को ७ वटा फिडर निस्कन्छ । जसमा थप २ वटा फिडर निर्माण भईरहेको प्राधिकरणले जनाएको छ । रानी सवस्टेशनबाट ८ वटा फिडर जसमा थप १ वटा फिडर निर्माण, कटहरी सवस्टेशनबाट ६ वटा फिडर निस्कन्छ । यी सबै ४ वटा सवस्टेशनको क्षमता १४४ एमभीए रहेको छ । साथै दुहबीबाट ३३ के.भी.को ६ वटा फिडर विराटनगरको लागि निस्कने गर्छ । अन्य समयको तुलनामा गर्मीको समयमा विद्युत लाइनमा समस्या बढी आउने गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हाल गर्मीको लागि केही योजनासहित कार्यहरु अगाडि बढाइरहेको छ । विराटनगरलाई लक्षित गर्दै १३२/३३/११ के.भी.को सवस्टेशन बर्जु गाउँपालिकाको भीमपुरमा निर्माण क्रममा रहेको र आगामी वर्षदेखि संचालनमा ल्याउने तयारी गरिएको केन्द्र इन्जिनियर राजेन्द्र प्रसाद चौधरीले बताए । चालु आर्थिक वर्ष २०८१/८२ मा २६ किलोमिटर एल.टी. तार क्षमता अभिवृदी प्राधिकरणले गरिसकेको छ। भने अझै २० किलोमिटर एल.टी. तार क्षमता अभिवृदी गर्ने बाकी रहेको छ। निर्माण व्यवसायीले समयमा काम नगर्दा खेरी ४० किलोमिटर एल.टी. तार क्षमता अभिवृदी गर्ने योजना अड्किएको प्राधिकरणले जनाएको छ। तर जहाँ आवश्यकता पर्छ त्यहाँ अर्को निर्माण व्यवसायीलाई खटाएर एल.टी. तार क्षमता अभिवृदी गर्ने काम समेत भईरहेको वितरण केन्द्रका प्रमुख इन्जिनियर सरोज कुमार जानकारी दिए ।

गत वर्ष विराटनगरको तिनपैनीदेखी रोडशेष चोकसम्म एक साइडमा मात्रै विद्युतीय पोल हुँदा सर्भिस केबल तथा विद्युतीय लोड बढी हुँदा लाइन जाने समस्या आउने गरेको थियो। उक्त समस्याको समाधानका लागि दुवैतर्फ ११ केभीको सर्किट निर्माण भईसकेको प्राधिकरणले जनाएको छ ।

विराटनगर वितरण केन्द्र अन्तगर्त ६१० वटा डिष्ट्रिब्युसन ट्रा्न्सफार्मर रहेको छ। जसमा चालु आर्थिक वर्ष २०८१/८२ मा २३ वटा डिष्ट्रिब्युसन ट्रा्न्सफार्मर जडान भईसकेको छ। भने १५ वटा डिष्ट्रिब्युसन ट्रा्न्सफार्मर जडान गर्न बाकी रहेको प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ८५ हजार २५६ जना ग्राहक रहेका थिए। जसमा चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा दुई हजार २९१ ग्राहक थपिएर ८७ हजार ५४७ जना ग्राहक पुगेको प्राधिकरणले जनाएको छ।

तर, पनि बारम्बार किन विद्युत जाने गर्छ ?
विराटनगरमा जेठ महिना लागेसगै यस वर्ष बारम्बार विद्युत् आपूर्तिमा समस्या हुदै आएको छ। जेठ महिनाको पहिलो हप्तादेखि नै यस्तो समस्या हुदै आएको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ। विराटनगरमा बारम्बार विद्युत् आपूर्तिमा समस्या हुनुको मुख्यकारण भनेको प्रसारण तथा वितरण लाईनमा ओभरलोड हुनु, ट्रान्सफर्मरहरूको फ्युज पड्किने, केबल सकेटहरू पग्लिने वा जल्ने, केबलमा क्षति भएर विद्युत् आपूर्ति अवरुद्ध हुने, ट्रान्सफर्मर ट्रिप हुने र भोल्टेज अस्थिरता जस्ता समस्याहरू उत्पन्न हुनाले यस्तो समस्या बाम्बार आउने गरेको वितरण केन्द्रका प्रमुख इन्जिनियर सरोज कुमारले जानकारी दिए ।

प्राधिकरणले स्थानीयवासीहरूलाई आफ्नो टोल छिमेकका ट्रान्सफर्मरहरूमा फ्युज पड्किएको, धुवाँ वा आगो देखिएको अथवा असामान्य आवाज आएको जस्ता अवस्था देखिएमा तुरुन्त ०२१–५७१७५१ र ०२१–५७६८५१ नम्बरमा जानकारी गराउन आग्रह गरेको छ। साथै प्राधिकरणले ग्राहकहरूलाई नेपाल विद्युत प्राधिकरण प्रादेशीक कार्यालयको हट लाईन नम्बर ११५० मा समेत सम्पर्क गर्न आग्रह गरेको छ।

२४ घण्टा सेवा दिनका लागि ३० जना कर्मचारी खटाएर विद्युत समस्या समाधान गर्नका लागि निरन्तर काम गरिरहेको प्राधिकरणले जनाएको छ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्