विराटनगरमा औषधी व्यवसायी संघ मोरङले सप्ताहव्यापी कार्यक्रम गर्ने

<span class='c1'>विराटनगरमा औषधी व्यवसायी संघ</span> <span class='c2'>मोरङले सप्ताहव्यापी कार्यक्रम गर्ने</span>

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम गरी ५२ औँ स्थापना दिवस मनाउने भएको छ ।

संघले आज(मंगलबार) विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी असार ४ गतेदेखि १० गतेसम्म स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी मनाउने जानकारी दिएको छ ।

औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले सन् २०३० मा स्थापित संघले औषधी व्यवसायको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताए । ‘हरेक वर्ष असार १० गते मनाइने हाम्रो स्थापना दिवसलाई यस पटक विशेष रुपमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउने तयारीमा रहेको जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन असार ४ गते विराटनगरको कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण, ५ गते हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिने संघले जनाएको छ।

त्यसैगरी असार ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण , ७ गते विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण , ८ गते संघको भवन विराटनगरमा वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यस्तै असार ९ गते हस्पिटल चोक विराटनगरमा रक्तदान कार्यक्रम र असार १० गते मुख्य स्थापना दिवसका दिन बिहान ७ बजे हस्पिटल चौकदेखि संघको भवनसम्म प्रभातफेरी हुने जनाइएको छ ।

सप्ताहव्यापी कार्यक्रम मार्फत औषधी व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप मजबुत पार्दै समाजप्रति योगदान पुर्याउने लक्ष्य लिएको अध्यक्ष ढकालले जानकारी दिए । संघले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्