सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

<span class='c1'>सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड</span> <span class='c2'>ओसन अफ द हाइट्स’ सार्वजनिक</span>

काठमाडौँ । सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’ अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’को अमेरिकाको कोलोराडो राज्यको गोल्डन सहरमा सार्वजनिक गरिएको छ । सो कृति उपन्यासकार भोजपुरेको नेपालीमा भाषामा लिखित ‘सगरमाथाभन्दा माथि’को अनूदित रुप हो । उपन्यासको अनुवाद भुवन थपलिया र सम्पादन अनुवादक युयुत्सु आरडी शर्माले गर्नुभएको हो ।

कृतिमा नायकलाई १० पटकसम्म सगरमाथा आरोहण गराइएको छ । साउथ कोलमा भएको एउटा घटनापछि सगरमाथा चढ्न रोक लगाइएका शेर्पाको अस्टे«लिया निर्वासन र फरक पहिचानमा केही वर्षपछि नेपाल फर्किएर सगरमाथाबिना बाँचेको जीवनका बारेमा उपन्यासमा वर्णन गरिएको छ ।

कृतिको लोकसेवा आयोगका पूर्वसदस्य उर्मिला श्रेष्ठ, नातिनी यहावी, नाति प्रवरराजा मोक्तान र प्रहरराजा मोक्तान, पासाङमाया शेर्पा, कर्मा शेर्पा र साहित्यकार शर्माले संयुक्त रूपमा विमोचन गर्नुभयो । सङ्गीतकर्मी गणेश रसिकको १३आँैं पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा उपन्यासकार भोजपुरेले सगरमाथाको फेदमा रहेको पाङ्बोचे गाउँमा जन्मिएका आङ्छोतरे शेर्पा उपन्यासको नायक भएको जनाउँदै आफूले लुक्ला नटेके पनि यसमा शेर्पाहरूको जीवन, सङ्घर्ष, अनुभव र अनुभूतिसँंगै लुक्ला, सगरमाथा आधार शिविर, साउथ कोल र चुचुराको समेत बयान रहेको बताउनुभयो ।

साहित्यकार शर्माले ‘आङ शेर्पा...’ ले सगरमाथा र आरोहीको कथालाई साहित्यमार्फत संसारभरि फैलाउने काम गरेको बताउनुभयो । भोजपुरेकी पत्नी श्रेष्ठले भोजपुरको विकट गाउँबाट आफ्नै बलबुता र मेहनतमा नेपाली गीत, सङ्गीत र गायनका क्षेत्रमा रसिक स्थापित भएको स्पष्ट पार्नुभयो ।

भोजपुरको देउरालीमा १९९९ साल मङ्सिर १२ गते जन्मनुभएका हिरण्य श्रेष्ठ नै हिरण्य भोजपुरे नामले चिनिनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्