संघीयता आएपछि प्रशस्त विकास भएका छन् : मन्त्री भूपेन्द्र राई

<span class='c1'>संघीयता आएपछि प्रशस्त विकास भएका</span> <span class='c2'>छन् : मन्त्री भूपेन्द्र राई</span>

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मुलुक संघीयतामा गएपछि प्रशस्त विकास भएको दावी गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्ध सम्बन्धि बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री राईले विकास प्रशस्त भएपनि त्यसको प्रचार हुन नसकेको बताउनुभयो ।

उहाँले पहिला राणा शासन, पञ्चायत र राजतन्त्र जस्ता व्यवस्था परिवर्तनका लागि राजनितिक दल र सञ्चारमाध्यमले नकरात्मक सन्देश प्रवाह गर्नुपरेको स्मरण गर्दै अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसक्दा पनि त्यहि कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो‘ हुनत राम्रो कुरा भन्दा न कुरा बिक्ने भएर पनि यस्तो भएको हो ।

तर अब भने भएका र राम्रा कुरालाई समेत मिडियामा ल्याएर सकारात्मक उर्जा भर्न, पत्रकार महासंघ कोशीले यो कामको थालनी गरेको रुपमा आफूले बुझेको उहाँले बताउनुभयो ।

मन्त्री राईले मुलुक संघीय संरचनामा गएपछि भौतिक पूर्वाधारका दृष्टिले धेरै विकास भएको जिकिर गर्दै उहाँले यसले कृषि उपजका उत्पादनहरूले बजार पनि पाएको बताउनुभयो । यद्यपी उहाँले भौतिक पूर्वाधारको विकास र कृषि उत्पादनसँग जोडेर अध्ययन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्काले भौतिक पूर्वाधार विकासले दिएको अवसर, कृर्षी उपजको बजारीकरण र समस्याहरुको निराकरण गर्न तथा भावी योजना तयार गर्न सहयोग पुगोस भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कोशीका सल्लाहकारहरू लिला बल्लभ घिमिरे, विवेक गौतम, प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठ, प्रेस चौतारी कोशीका महासचिव, बाबुराम भण्डारी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उद्योग वाणिज्य महासंघ कोशीका सदस्य राजन श्रेष्ठ, समाजवादी प्रेस संगठनका कोशी अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक लगायतले उत्पादन, बजार र पूर्वाधारको सम्बन्ध र सञ्चार माध्यमका भूमिकाको विषयमा चर्चा गर्नुभयो ।

कार्यक्रममा पत्रकार अमर खड्काले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने रुद्र पङ्गेनीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरूलाई महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो भने महासचिव हिमा चेम्जोङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

उद्योग व्यवसाय क्षेत्रका अगुवा, निर्माण व्यवसायी, इन्जिनियरिङ एशोसियसनका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा पत्रकार महासंघ कोशीले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्