विराटनगरमा गुरुकुल सीएको `क्याप टु´ सेमिनार सम्पन्न

<span class='c1'>विराटनगरमा गुरुकुल सीएको `क्याप</span> <span class='c2'>टु´ सेमिनार सम्पन्न</span>

विराटनगर । विराटनगरको हिमालय रोडस्थित गुरुकुल सीएले क्याप टुका विद्यार्थीहरूका लागि आयोजना गरेको सेमिनार सम्पन्न भएको छ ।

आज(मंगलबार) विराटनगरको बिग होटलमा आयोजना गरिएको ग्रान्ड सेमिनार १०० जनाको सहभागिता रहेको थियो।

सेमिनारमा सांस्कृतिक नृत्यसहित मनोरञ्जनको कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा सफल व्यक्तित्वहरूले आफ्ना अनुभवहरू साझा गरेका थिए।

टिकटकमा भाइरल भएकी सीए अंजली सावदले आफ्नो सफलताको कथा सुनाइन्। गुरुकुल सिएमा अध्ययन गर्दा दक्ष तथा अनुभवी शिक्षकहरूको मार्गदर्शनले आफूलाई सिए पास गर्न मद्दत गरेको उनले बताइन्। उनले गुरुकुल सिएमा अध्ययन गरेर आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिएको समेत जानकारी दिइन्। हाल उनी गुरुकुल सिएमा शिक्षकको रूपमा कार्यरत छिन्।

सीए अनुपमा संग्रौलाले व्यक्तिगत ब्रान्डिङ कसरी गर्ने र नेटवर्किङका विषयमा एक घण्टाको सेमिनार सञ्चालन गरिन्। उनले आजको प्रतिस्पर्धी युगमा व्यावसायिक सफलताका लागि यी सीपहरूको आवश्यकतालाई जोड दिइन्।

गुरुकुल सिएका संस्थापक तथा अध्यक्ष सीए मेघराज अर्यालले सिए पास गर्ने प्रभावकारी तरिकाहरूबारे विस्तृत जानकारी प्रदान गरे। उनले समय व्यवस्थापन, गुणस्तरीय नोट तयार गर्ने विधि र क्याप टु पास गर्ने रणनीतिका विषयमा मार्गदर्शन दिए। आइक्यानले हालै लागू गरेको नयाँ पाठ्यक्रमका विषयमा र पुराना विद्यार्थीहरूले नयाँ पाठ्यक्रममा सहभागिता लिन सक्ने सुविधाका बारेमा पनि उनले जानकारी गराए।

अर्यालले काठमाडौंको जस्तै दक्ष तथा अनुभवी शिक्षकहरू विराटनगरमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

सिएमुकुल भट्टले गुरुकुल सिएका विशेषताहरूबारे जानकारी गराए। संस्थाले आफ्नै किताब, रेकर्डिङ भिडियो र निरन्तर प्रेरणा तथा मार्गदर्शन प्रदान गर्दै आएको उनले बताए।

गुरुकुल सिएले क्याप टुको कोर्स सकिएपछि विद्यार्थीहरूलाई क्याप थ्रीको तयारी, अन्तर्वार्ता सामना गर्ने तालिम र व्यक्तिगत विकासका विषयहरूमा निरन्तर सिकाइ रहेको कार्यक्रममा जानकारी गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्