अर्थिङको भरमा पोल चढ्छन बिद्युतका ज्यालादारी कर्मचारी

<span class='c1'>अर्थिङको भरमा पोल चढ्छन</span> <span class='c2'>बिद्युतका ज्यालादारी कर्मचारी</span>

इन्दु साह
विराटनगर । बिद्युत आपूर्तिमा आईरहने विभिन्न समस्या समाधान गर्न फिल्डमा खटिएर काम गर्ने कर्मचारीले सुरक्षा कवच प्रयोग नगर्ने गरेको पाइएको छ । उच्च जोखिमयुक्त कामका लागि खटिने कर्मचारीमध्ये धेरै ज्यालादारीका हुन्छन् । त्यति मात्रै नभई कतिपय रोजगार आपूर्तिकर्तामार्फत समेत काम गराउने गरिएको छ । तर, यसरी काममा खटिने कर्मचारीले बिद्युतका पोलमा चढ्दा वा तार छोएर काम गर्दा इन्सुलेटेड जुत्ता, न ग्लोभ्स, एप्रोन समेत नलगाउने गरेको पाइएको हो ।

विद्युत मर्मत कार्यमा संलग्न प्राविधिक तथा कर्मचारीहरू आवश्यक सुरक्षा पोशाक र उपकरणबिना नै काममा खटिएको पाइएको छ । यस्ता उच्च जोखिमयुक्त काममा सुरक्षा मापदण्डको पालना नगर्नुलाई सुरक्षाको दृष्टिकोणले लापरवाही हो ।
यसरी सुरक्षा सामाग्री तथा पोशाक प्रयोग नगर्ने भएपनि काम थाल्नु अगाडी अर्थिङ्ग गर्ने गरिएको चाँहि छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमारले दिएका सामाग्री प्रयोग गरेर काम गर्न नमान्ने गरेको बताए । उनले सुरक्षा सामाग्री प्रयोग गर्न नमान्ने भएकोले सुरुमै अर्थिङ्ग गर्ने गरिएको सुनाए । तारहरुलाई अर्थिङ गर्दा करेन्ट प्रवाहलाई नियन्त्रण गर्ने उनको भनाई छ । तर, यसले मात्रै सुरक्षाको ग्यारेन्टी हुँदैन । यदि शरीरले प्रत्यक्ष रूपमा करेन्ट प्रवाह भएको तारमा छोयो भने दुर्घटना हुनसक्छ ।

अत्याधिक गर्मी भएकोले कर्मचारीले सुरक्षा पोषाकमा कार्य गर्न असहज हुने बताउँने गरेको वितरण केन्द्र प्रमुखको दावी छ । उनको अनुसार प्रत्येक वर्ष प्राधिकरणले कर्मचारीलाई सुरक्षा पोशाक उपलब्द गराउदै आएको छ । विद्युतिय कार्य गर्दा अनिवार्य रुपमा सुरक्षा उपकरणहरूको प्रयोग गर्नु पर्दछ । जस्तै, इन्सुलेटेड सुरक्षा जुत्ता, करेन्ट रोक्ने ह्यान्ड ग्लोभ्स, सुरक्षा हेलमेट, आगो तथा करेन्ट प्रतिरोधी कोट, पोल चढ्दा प्रयोग हुने हार्नेस (सुरक्षा बेल्ट), सुरक्षात्मक चश्मा, रेखांकन उपकरण, इन्सुलेटेड टूलहरू ईत्यादि ।

विद्युत मर्मतजस्ता प्राविधिक कार्यहरू गर्दा कर्मचारीले पूर्ण सुरक्षा पोशाकमा मात्रै खटिनुपर्ने र नियमित रूपमा तालिम प्राप्त गरेको हुनुपर्ने आवश्यकता हुन्छ । वितरण प्रमुखका अनुसार दैनिक २४ घण्टा बिद्युत मर्मतका लागि ३० जना कर्मचारी परिचालन हुने गरेका छन् । जसमध्ये चार वटा समूह बनाइएको छ । तिनमा ३÷३ जना रहन्छन् । यसैगरी मर्मत टिम ५ जनाको रहेको छ । यसरी परिचालित हुने कर्मचारीमध्ये १५ जना रोजगार आपूर्तिकर्तामार्फत माग गरिएका हुन् । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत स्थायी १०६ जना, प्राविधिक ६५ जना, २२ जना ज्यालादारी र १२ जना करारका कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्