उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिलाई सहकर्मी संघको स्वागत

<span class='c1'>उद्योग संगठन मोरङको नवनिर्वाचित</span> <span class='c2'>कार्यसमितिलाई सहकर्मी संघको स्वागत</span>

विराटनगर । मोरङ उद्योग व्यापार संघले, उद्योग संगठन मोरङको नवनिर्वाचित समितिलाई सम्मान तथा स्वागत गरेको छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी सहित संगठनका पदाधिकारीहरु र कार्यकारिणी सदस्यहरुलाई संघमा स्वागत गर्दै बधाई ज्ञापन गरिएको हो ।

संघका अध्यक्ष अनुपम राठीले नवनिर्वाचित अध्यक्ष राठीलाई फुल गुच्छा, माला र अविर लगाइ स्वागत गरेका थिए । संगठनका उपाध्यक्षहरु बिपिन कावरा, सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनिया, का.का.सदस्यहरु, शौरभ सारडा, जयन्द्र शर्मा, सन्तोष कुमार भगत, सिद्धार्थ कावरा, सृजन प्याकुरेल, किरण ब्यास, पारस गोल्छा, उकेश अग्रवाल र महानिर्देशक चुडामणी भट्टराईलाई संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र उपाध्यक्ष बिकास कुमार बेगवानीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्