विराटनगर, असार ५
नेपालमा चर्चा कमाइरहेको "बिरयानी अड्डा" अब विराटनगरमा पनि सञ्चालनमा आएको छ। राजधानी काठमाडौंको बालुवाटारमा मुख्य कार्यालय रहेको बिरयानी अड्डाले काठमाडौँबाहिर पहिलोपटक विराटनगरको महेन्द्रचोकमा नयाँ शाखा विस्तार गरेको हो।
आज बिहिबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो । युवा उद्यमी तथा उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य प्रतिक राउतले उद्घाटन गरेका हुन् । यस शाखाको उद्घाटन युवा व्यवसायी प्रतिक राउतले गरेका थिए।
बिरयानी अड्डाका संचालक रबिन पाण्डेका अनुसार,विराटनगर शाखामा पनि काठमाडौंमै झैँ स्वाद र मूल्यमा उत्कृष्ट बिरयानी तथा अन्य परिकारहरू उपलब्ध हुनेछन्। उद्घाटन अफरअन्तर्गत दुई दिनका लागि ग्राहकहरूले केवल १ सय रुपैयाँमै बिरयानी स्वाद लिन पाउनेछन्। साथै, उद्घाटन मितिबाट एक महिनासम्म सम्पूर्ण खानामा २० प्रतिशत छुटको सुविधा प्रदान गरिनेछ।
यहाँ हैदरावादी, कोलकाता, लखनऊ, पहाडी मटन, मट्का बिरयानी लगायतका विविध स्वादमा बिरयानीहरू पाइनेछ। त्यस्तै पिजा, म:म, तन्दुरी परिकारहरू समेत मेनुमा समावेश गरिएको छ।
संगीतप्रेमीहरूका लागि समय समयमा लाइभ म्युजिकको पनि व्यवस्था रहनेछ भने, पारिवारिक जमघट तथा अफिस मिटिङका लागि छुट्टै स्थानको समेत व्यवस्था गरिएको संचालकले जनाएका छन्।
