सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो, विधेयक बारे ध्यान दिएन : हितराज पाण्डे

<span class='c1'>सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो,</span> <span class='c2'>विधेयक बारे ध्यान दिएन : हितराज पाण्डे</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताएका हुन् ।

उनले भने,‘सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर देखिएको छैन । सरकार बोल्छ एकातिर व्यवहार अर्को देखाउँछ । संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् ।’साथै उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए ।

संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्