विराटनगरका उद्योगी बिद्युत ट्रिपिङले हैरानीमा, प्राधिकरणसँग सुधारको माग

<span class='c1'>विराटनगरका उद्योगी बिद्युत ट्रिपिङले</span> <span class='c2'>हैरानीमा, प्राधिकरणसँग सुधारको माग</span>

विराटनगर । उद्योग संगठन मोरङले नेपालमा उत्पादन भएको बिद्युत भारत र बंगलादेश निर्यात गर्न थालिएपनि नेपालमा बारम्बार हुने ट्रिपिङको समस्या समाधान नभएको भन्दै सच्याउन माग गरेको छ । उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले वर्षायाम प्रारम्भ भएर विद्युत उत्पादनमा समस्या नहुँदा समेत औद्योगिक क्षेत्रमा ट्रिपिङको समस्या यथावत रहेको भन्दै यसलाई सुधार गर्न माग गरेका हुन् ।

वर्षायाम प्रारम्भ भएसंगै विद्युत उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन नेपाल विद्युत प्राधिकरणबाट पाएका सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी हाल दैनिक कयौपटक भईरहेको ट्रिपिङका कारण प्रताडित भएका छन, संगठनले प्राधिकरणप्रति अनुरोध गर्दै जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गर्ने भनि प्राधिकरणले भनेपनि स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतिको मार खेप्न वाध्य छन्, संगठनका अध्यक्ष राठीले भने ट्रिपिङले उद्योगको मिल मेशिनेरीमा विग्रन गएको छ, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाँदा घाटा सहनु परेको छ । बिद्युत पर्याप्त भएको आश्वासन प्राधिकरणले दिएपछि जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको बताइएको छ ।

औद्योगिक करिडोरमा निरन्तर विद्युत आपूर्ति हुने आशामा रहेका उद्योगी व्यवसायीको आशा विपरित हाल दैनिक कयौंपटक भईरहेको ट्रिपिङका कारण निराश वढदै गएको समेत उल्लेख गरिएको छ । सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न विद्युत प्राधिकरणलाई सम्वेदनशिल हुन आग्रह समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्