मन्त्रीहरु उपस्थित नभएसम्म सदन चल्दैन् : हितराज पाण्डे

<span class='c1'>मन्त्रीहरु उपस्थित नभएसम्म सदन</span> <span class='c2'>चल्दैन् : हितराज पाण्डे</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरु मन्त्रीहरुकै उपस्थितीबिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरे ।

‘सदन भएका दिन मन्त्रीहरुको उपस्थित हुँदैनन् । मन्त्रीहरुले नियम पालना गर्न नपर्ने अरुले मात्रै पालना गर्नपर्ने ?’ उनको आक्रोश थियो । उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आँउछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरु बेगर यो सदन अघि बढ्दैन । नियम अरुले मान्नपर्ने मन्त्रीहरुले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनपर्ने कुरा मन्त्री नै छैनन् । त्यसैले सरकारको उपस्थिति विना यो सदन अघि बढ्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्