कोशी प्रदेशमा थपिदैं कोरोनाको संक्रमित, सतर्कता अपनाउ आग्रह

<span class='c1'>कोशी प्रदेशमा थपिदैं कोरोनाको</span> <span class='c2'>संक्रमित, सतर्कता अपनाउ आग्रह</span>

इन्दु साह
विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म झापा र सुनसरी जिल्लामा गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रारम्भिक रूपमा ईलाम जिल्लामा पनि एक संक्रमित भेटिएको भनिएपनि पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरू हाल घरमै आइसोलेसनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मन्त्रालयका अनुसार केही दिनमै ती संक्रमितहरूको रिपोर्ट नेगेटिभ आउने सम्भावना रहेको छ । यता मन्त्रालयले कोशी प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरुमा यस विषयको लागि समन्वय गर्ने तयारी गरिरहेको जानकारी दिइएको छ ।

यद्यपी कोरोना संक्रमणको अवस्था सामान्य नै छ । तर कोशी प्रदेश भारतसँग सीमाना जोडिएको क्षेत्र भएकाले थप सतर्कता अपनाउन जरुरी रहेको मन्त्रालयका अधिकारीले स्पष्ट पारेका छन् । संक्रमण पुष्टि भएकाहरूमध्ये कुन भेरियन्टको कोरोना हो भन्ने यकिन गर्न काठमाडौंस्थित प्रयोगशालामा नमुना परीक्षणका लागि पठाइएको छ। केरोना पुष्टि भएकाहरुमा सामान्य ज्वरो ,रुघा खोकी, टाउको दुख्नु लगायतका लक्षण देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्