विराटनगर ,असार ८
क्यान्सरको उपचारमा रहेका विरामीहरु र भर्खरै क्यान्सर पत्ता लागेका विरामीहरुलाई मानसिक शक्ति प्रदान गरी क्यान्सर जित्न सकिन्छ भन्ने विस्वास जगाउन क्यान्सर जितेर निको भएका व्यक्तिहरुले गर्ने परामर्श अत्यन्त प्रभावकारी हुने गर्दछ । यसै क्रममा मोरङ्ग तथा सुनसरीका क्यान्सर जितेका क्यान्सर सर्भाइवर महानुभावहरुलाई नोवेल क्यान्सर अस्पतालले एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया गरेको छ । कार्यक्रममा उहाँहरुलाई स्वागत गर्दै नायव अस्पताल निर्देशक डा. मुक्ति आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
क्यान्सर सर्भाइवर महानुभावहरुले आफ्नो अनुभव सहित निस्वार्थ भावनाले क्यान्सर रोगीहरुलाई परामर्श प्रदान गने बताउनु भयो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत डा। विश्वनाथ अधिकारी तथा नोवेल क्यान्सर अस्पतालका नायव अस्पताल निर्देशक डा. प्रदिप भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने महाप्रवन्धक दिपेश राईले नोवेल क्यान्सर अस्पतालले प्रदान गरिरहेको सेवाहरुको वारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमको आयोजना क्यान्सर सर्भाइवर श्री राजेन्द्र प्रसाद भट्टराई (राजन भट्टराई) को विशेष पहलमा भएको थियो । 
स्वागत तथा अन्तरक्रिया कार्यक्रम पछि अस्पतालका पदाधिकारी र क्यान्सर सर्भाइवर समुहले अन्कोलोजी वार्डमा भर्ना भएका विरामीहरुलाई परामर्श र फलफुल वितरण गरेका थिए ।
क्यान्सर सर्भाइवरहरुले दिने परामर्शले नयाँ क्यान्सरका बिरामीहरू र उनीहरूका परिवारलाई विरामीको उपचार यात्रामा आत्मविश्वास र आशाका साथ अगाडि बढाउन भावनात्मक सहयोग प्रदान गर्नेछ । नोवेलले क्यान्सर सर्भाइवरहरुलाई उच्च मुल्याङ्कन गर्दै यो अभियानलाई अझ प्रभावकारी बनाउदै निरन्तरता दिने भएको छ ।
