विराटनगर रानी खण्डमा अपाङगता भएका व्यक्तिसँग पैसा असुल्ने नक्कली प्रहरी पक्राउ

<span class='c1'>विराटनगर रानी खण्डमा अपाङगता भएका व्यक्तिसँग</span> <span class='c2'>पैसा असुल्ने नक्कली प्रहरी पक्राउ</span>

विराटनगर । जोगबनीबाट सामान लिएर विराटनगर फर्कने अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर १२ का २५ वर्षीय धन कुमार थारुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो ।

विराटनगर महानगरपालिका वडा नं. १६ स्थित रानी–जोगबनी सडक खण्डमा थारुले जोगबनीबाट सामान लिएर आउने अपाङगता भएका व्यक्तिसँग रोकेर प्रहरीको परिचय दिने र पैसा माग्ने गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार प्रहरीको नाममा डर र त्रास देखाउँदै रकम माग्ने गरेको सुचना प्राप्त भएपछि उनीमाथि निगरानी गरिएको थियो । त्यस क्रममा असार ६ गते उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थारु विरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्