जोगवनीबाट विराटनगर आउने क्रममा हराएको पैसा र मोवाईल भेटिएपछिको खुशी

<span class='c1'>जोगवनीबाट विराटनगर आउने क्रममा हराएको</span> <span class='c2'>पैसा र मोवाईल भेटिएपछिको खुशी</span>

विराटनगर । विराटनगर ५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्ययको भारतको जोगबनीबाट फर्कने क्रममा नगद सहित मोवाईल सिटी रिक्शामा बिर्सिएर छुट्यो ।
उपाध्याय जोगवनीबाट प्रदेश १–००२ ह ३९३० नम्बरको सीटी सफारीमा आइतबार विराटनगर आएका थिए । उनी रामजानकी चोकमा ओर्लिएका थिए । आफूमात्रै ओर्लिए, झोला सिटीमै बिर्सिए । त्यसमा ७७ हजार ५ सय रुपैयाँ, मोबाइल फोन र केही महत्वपूर्ण कागजपत्र थियो । ओर्लिएको केही बेरपछि आफ्नो सामान हातमा नपाएको थाहा पाए । सुरुमा आफैंले उक्त सिटी खोजे तर फेला पारेनन् ।

 

त्यसपछि उनले मोरङ प्रहरीलाई गुहारे । विवरण उल्लेख गर्दै उनले खोजीका लागि निवेदन दिए । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले खोजी सुरु गर्यो । टोलीले सिसी क्यामेरा फुटेज समेत हेरेर अनुसन्धान अघि बढायो ।
त्यस क्रममा उपाध्याय चढेको सिटी सफारीबारे पत्ता लाग्यो । प्रहरी टोली विराटनगर–६ का २७ वर्षीय हरिश साहकोमा पुग्यो । उनी उपाध्याय चढेको सिटी सफारीका चालक हुन् । साहलाई जिल्ला प्रहरी कार्यालय ल्याएर उनीबाट प्रहरीले उपाध्यायको हराएको झोला फिर्ता लियो । त्यसपछि उपाध्यायलाई फिर्ता गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिनुभयो ।

प्रहरीले विराटनगर ६ का सिटी चालक हरिस साहलाई  सम्झाइबुझाइ गरेर छाडेको छ । उपाध्यायले आफ्नो हराएको सामान फिर्ता पाएकामा खुसी व्यक्त गरे । हराएको आफ्नो झोला भेटिएला भन्ने नलागेको उल्लेख गर्दै उनले मोरङ प्रहरीलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्