विराटनगरर । विराटनगर महानगरपालिकाले सडक सामुदायिक कुकुरको दिर्घकालिन व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\२०८३ नीति तथा कार्यक्रममा विराटनगर–८ मधुवन क्षेत्रमा महानगरपालिकाले कुकुर सेल्टर स्थापना गर्ने भएको हो ।
विराटनगरमा कुकुर संरक्षण तथा बन्ध्याकरण गर्ने संस्थासँग प्रमुख नागेश कोइरालाको विवाद दोहोरिएपछि आफ्नै कार्यक्रम अगाडी बढाइएको हो ।
सोमबार मात्रै एलिना एनिमल्स प्रिजर्भेसन नेपालका शाहिल र एलिना प्रसाईंसँग प्रमुख कोइरालालको दोहोरो भनाभन नै भएको थियो । यस अगाडी कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालनका क्रममा सहारा एनिमल केयरकी रग्मी थापासँग समेत प्रमुख कोइरालाको विवाद भएको थियो ।
विराटनगरमा सामुदायिक कुकुरको संरक्षण गर्दै आएकाहरुसँग बारम्बार विवाद हुने गरेपछि आगामी वर्षको कार्यक्रममा महानगरपालिकाले यसलाई समेटेको छ ।