विराटनगरको सत्यनारायण माविमा उद्यमशीलता तालिम सम्पन्न, उत्कृष्ट समूहलाई सिड मनी प्रदान

<span class='c1'>विराटनगरको सत्यनारायण माविमा उद्यमशीलता तालिम सम्पन्न,</span> <span class='c2'>उत्कृष्ट समूहलाई सिड मनी प्रदान</span>

विराटनगर, असार १०,
शिक्षाबाट सीप र उद्यमतर्फको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा उद्यमशीलता तालिम सम्पन्न भएको छ। हेल्भेटस नेपाल र इन्सियोरको सहयोगमा आयोजित उक्त तालिमले विद्यार्थीहरूलाई व्यावसायिक सोच र सीप विकासमा केन्द्रित गरेको थियो।

तालिम पश्चात् विद्यार्थीहरूले पाँच समूहमा विभाजित भई आ–आफ्नो व्यावसायिक योजना सोमबार एक कार्यक्रमबीच प्रस्तुत गरेका थिए। कार्यक्रमका निर्णायकको भूमिका कन्टेन्ट क्रिएटर सरोज कार्की र युवा उद्यमी विवेक दाहालले निर्वाह गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट तीन समूहले ७ हजार रुपैयाँको सिड मनी प्राप्त गरेका छन्। विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईंका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा उद्यमशील सोचको विकास गरी भविष्यमा स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्