‘प्रविधियुक्त सिकाई, विराटनगरको उचाई’ एआई पढाउने महानगरको नीति

<span class='c1'>‘प्रविधियुक्त सिकाई, विराटनगरको उचाई’</span> <span class='c2'>एआई पढाउने महानगरको नीति</span>

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महानगरपालिकाले पूर्वाधारपछि शिक्षालाई प्राथमिकतामा राखेको हो ।

बजेटमा मात्रै नभई शैक्षिक क्षेत्रमा महानगरपालिाले सुचना र प्रविधिलाई प्राथमिकतामा राख्ने नीति लिएको छ । जस अन्तर्गत विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा अध्यापन गराउने नीति लिइएको छ । ‘प्रविधियुक्त सिकाइ, विराटनगरको उचाइ’ भन्ने आदर्श नारा दिएर विद्यालय तहबाट नै कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, पाइथन, कोडिङजस्ता विज्ञान प्रविधिसँग सम्बन्धित विषय र क्षेत्रसँग परिचित गराइ विद्यार्थीलाई गणित र विज्ञान विषयप्रति रुचि जगाउने उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘ स्मार्ट कक्षा, स्मार्ट विद्यार्थी कार्यक्रममार्फत सबै माध्यमिक विद्यालयमा न्यूनतम एक स्मार्ट बोर्डको व्यवस्था गर्ने र शिक्षण सिकाइलाई आधुनिक र प्रविधिमैत्री बनाउने, न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थीका लागि बुष्टर कक्षा सञ्चालन गर्ने समेत उल्लेख गरिएको छ ।

यसैगरी हप्तामा शुक्रबारको दिन विद्यार्थीलाई पुस्तकरहित बनाउन कार्यक्रम सञ्चालन गरिरहेको महानगरले अब सक्षम विद्यालय र अर्को विद्यालयबीच मितेरी सम्बन्ध स्थापीत गर्ने भएको छ । कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि व्यवस्थापकीय सहयोग गर्न मितेरी कार्यक्रम अघि सारिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी निजी विद्यालयमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति कार्यक्रमको अनिवार्य कार्यान्वयन, मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रमअन्तर्गत महानगर बहुप्राविधिक शिक्षालयमामा महानगरका २५ जना विद्यार्थीलाई डिप्लोमा इन इन्जिनियरिङ निःशुल्क पढाउने व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्