कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीबाट विद्युत प्राधिकरण हैरान

<span class='c1'>कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीबाट</span> <span class='c2'>विद्युत प्राधिकरण हैरान</span>

प्रेम देवान

विराटनगर । पछिल्लो ३ महिनाको अवधीमा ट्रान्सफर्मर एकपछि अर्को गर्दै चोरी हुन थालेपछि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयलाई हैरानी खेप्न बाध्य भएको छ ।

२०८२ साल वैशाख महिना यता तीन महिनाको अवधीमा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भईसकेको हो । चोरीमा संलग्न व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । जसका कारण नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयसहित मातहत कार्यलयका प्रमुख हैरानमा परेका छन् । नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजीवकुमार सिंहका अनुसार बस्ती नभएको क्षेत्रमा चोरी हुने गरेका छन् । खेती भएको क्षेत्र जहाँ शाखा लाइन विस्तार गरेर राखिएका ट्रान्सफर्मर चोरी हुने गरेको सिंहको भनाई छ ।

प्रादेशिक कार्यालय विराटनगरका प्रमुख सिंहले चोरीमा संलग्नहरु ट्रान्सफर्मर र विद्युतको ज्ञान भएका व्यक्तिहरु रहेको अनुमान गर्न सहजै सकिन्छ । उनले यसमा भारतीयहरुको संलग्नता हुनसक्ने संभावना आंकलन गरेको छ । प्राधिकरणले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई चोरीमा संलग्नको पहिचान गरी नियन्त्रणपछि कानुनी कारबाहीका लागि निवेदन समेत दिइएको छ ।

प्रादेशिक कार्यालयको तथ्यांक अनुसार २०८२ बैशाख ३ गते बेलबारी वितरण केन्द्र अन्तर्गत सुन्दरहरैंचा नगरपालिका २ जोगीहारेको ५० केभीए ट्रान्सफर्मर चोरी भएको थियो । २०८२ जेठ २२ गते रंगेली वितरण केन्द्र अन्तर्गत रंगेली नगरपालिका ७ को ५० केभीए, २०८२ जेठ २३ गते रंगेली वितरण केन्द्र अन्तर्गत रंगेली नगरपालिका १ जिरायत टोलको १०० केभीए ट्रान्सफर्मर चोरी भएको छ ।

यसैगरी दमक वितरण केन्द्र धरमपुर खानेपानी शिवसताक्षी १ मा रहेको १०० केभीए ट्रान्सफर्मर जेठ ३१ गते चोरी भएको छ । इटहरी वितरण केन्द्र अन्तर्गत बराह क्षेत्र नगरपालिका ९ राजाबासको १०० केभीए ट्रान्सफर्मर असार ९ गते चोरी भएको हो । यस अगाडी बैशाख २० गते मोरङको ग्रामथान गाउँपालिकामा ५ झपटाटोलमा समेत ट्रान्सफर्मर चोरिएको थियो ।

प्रादेशिक प्रमुख सिंहका अनुसार एउटा एकसय केभीएको ट्रान्सफर्मर चोरी हुँदा १० देखि १२ लाख रुपिँया क्षति हुन्छ । ५० केभीएको ६ देखि ७ लाख नोक्सान हुन्छ ।
एकान्तमा भएका ट्रान्सफर्मर चोरी हुँदा संलग्नको पहिचानमा समस्या हुने गरेको छ । प्रमुख सिंहका अनुसार ट्रान्सफर्मर चोरी हुँदा सिंचाई र खानेपानीका उपभोक्ता बढी मारमा पर्ने गरेका छन् । बारम्बार ट्रान्सफर्मर चोरी हुँदा त्यसको व्यवस्थापन गर्न समस्या हुने गरेको छ । बिद्युतको ज्ञान भएको र ट्रान्सफर्मर खोल्ने सीप भएको व्यक्तिहरु संलग्न भएर प्राधिकरणको सेवा बारम्बार अवरुद्ध पारिरहेको सिंहले बताउनुभयो । उहाँले अब यसको विशेष निगरानी गरेर नियन्त्रण गरि क्षतिपूर्ति भराउनुपर्ने स्थिति आईसकेको बताउनुभयो । मुख्य लाइनका ट्रान्सफर्मर चोरी हुँदा तत्काल थाहा हुने भएपछि शाखा लाइन लगेको ट्रान्सफर्मर चोरी हुने गरेको हो ।


प्राधिकरणले यसरी पटक पटक ट्रान्सफरमर हुन थालेपछि प्रहरीसँग हारगुहार मागेको छ । कोशी प्रादेशिक कार्यालय विराटनगरले मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई आवश्यक कारबाही गरी पाँउ र उत्त स्थानहरुमा विशेष निगरानी बढाईदिनको लागि आग्रह गरेको छ । त्यसैगरी बोदार्थमा नेपाल बिद्युत प्राधिकरण कार्यकारी निर्देशक, वितरण तथा ग्राहक सेवा निर्देशानालयलाई समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्