उर्लाबारीमा १२९७ महिलाको स्वास्थ्य परीक्षण, २३ जनामा क्यान्सरका शंकास्पद केस फेला

<span class='c1'>उर्लाबारीमा १२९७ महिलाको स्वास्थ्य परीक्षण, २३</span> <span class='c2'>जनामा क्यान्सरका शंकास्पद केस फेला</span>

विराटनगर । कल्प इम्पावर वेमेन नेपालको पहल तथा उर्लाबारी नगरपालिकाको आयोजनामा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लाबारी नगरपालिका भित्रका ९ वडामा स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

असार १ गतेदेखि ९ गतेसम्म संचालन भएको मातृत्व जोगाउने अभियान "क्याम्पिएन सी-क्याप" अन्तर्गत महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको भि.आई.ए चेकजाँच र स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन्न भएको हो।

उर्लाबारी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालको अध्यक्षतामा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगा प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एक समारोहमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेल, विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल कोर्डिनेटर सुनिल देव, उर्लाबारी नगरपालिकाका वडाअध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

समारोहमा स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, डा. भिभा सिह, कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइराला, उर्लाबारी नगरपालिकाकी वडा ७ की अध्यक्ष उर्मिला थापा, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेल र नगरप्रमुख गंगा प्रसाद खरेलले आफ्नो मन्तव्य राख्नुभएको थियो।

स्वास्थ्य साक्षरता कार्यक्रम उर्लाबारी नगरपालिका वडा १ मा ७९ जना चेकजाँच, ३ जना शंकास्पद,वडा २ मा १०५ जना चेकजाँच, ३ जना शंकास्पद ,वडा ३ मा २०३ जना चेकजाँच, २ जना शंकास्पद केस फेला परेको छ। त्यसैगरी वडा ४ मा १८१ जना चेकजाँच, ४ जना शंकास्पद,
वडा ५ मा १४९ जना चेकजाँच, ७ जना शंकास्पद,वडा ६ मा १६० जना चेकजाँच, १ जना शंकास्पद,वडा ७ मा १७६ जना चेकजाँच, १ जना शंकास्पद, वडा ८ मा ८८ जना चेकजाँच, ० जना शंकास्पद ,वडा ९ मा १५६ जना चेकजाँच, २ जना शंकास्पद केस फेला परेको छ।

उक्त स्वास्थ्य साक्षरता कार्यक्रममा एक हजार २९७ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। जसमध्ये २३ जनामा पाठेघरको मुखमा हुने क्यान्सरको शंकास्पद केस फेला परेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले जानकारी दिइन्।

विगत ४ वर्षदेखि स्वास्थ्य शिविर संचालन गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले आगामी दिनमा म्यादीको अन्नपूर्ण गाउँपालिका, बैतडीको सिगास गाउँपालिका र कालिकोटको पचाल झरना गाउँपालिकामा यस्तै कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

२०८१ चैत १६ गतेदेखि २०८२ वैशाख २२ गतेसम्म बाग्लुङको बडिगाड गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका र पर्साको पटेर्वा सुगौली गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको थियो । त्यसभन्दा अगाडी इटहरी, बराहक्षेत्र, उर्लाबारी, सुन्दरहरैचामा समेत सम्पन्न भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्