विराटनगरमा प्लाष्टिक झोलामाथि प्रतिबन्धको तयारी

<span class='c1'>विराटनगरमा प्लाष्टिक झोलामाथि</span> <span class='c2'>प्रतिबन्धको तयारी</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले वातावरण संरक्षण र स्वच्छ सहर बनाउनको लागि प्लाष्टिक झोला प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ। पुरानो घोषित कार्यक्रम यसपटक कार्यान्वयनमै जाने संकेत देखिएको हो ।

महानगरका वातावरण शाखा प्रमुख राकेश ठाकुरका अनुसार आर्थिक वर्ष २०८२\८३ को बजेट कार्यान्वयनमा गएलगत्तै “प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८” लागू गरिनेछ । उनका अनुसार यसपटक प्रतिबन्धलाई केवल घोषणा नभई व्यवहारमा उतार्ने रणनीति बनाइएको छ।

प्लाष्टिकका झोलाले शहरमा फोहोर बढाउनुका साथै मानवीय स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याइरहेको छ । महानगरले यसलाई न्यूनिकरणका लागि दीर्घकालीन उपायहरू अवलम्बन गर्ने बताएको छ। यसअन्तर्गत, प्लाष्टिकका विकल्पका रूपमा कपडा, कागज तथा जुटबाट बनेका झोला प्रयोगलाई प्रवद्र्धन गरिनेछ।

पछिल्लो केही वर्षयता प्रतिबन्धको चर्चा हुँदै आएको भए पनि योजनाहरू व्यवहारमा लागू हुन सकेका थिएन । आर्थिक वर्ष २०८१\८२ मै लागू गर्ने भनिएको योजना समेत तयारीको अभावमा अघि बढ्न सकेन।  यो पटक भने महानगरले कार्यन्वयन गर्ने भएको छ । आउँदो भदौबाट यो कार्य सुरु गरीने ठाकुरको भनाई छ।  बजेट कार्यन्वयनमा आउन साथ हामी यो योजना अघि सार्ने छौँ ।

महानगरको फोहोर व्यवस्थापनमा प्लाष्टिका झोलाले समस्या पारी रहेको छ । महानगरबाट निष्कने फोहोरमा प्लाष्टिको झोला बढि हुने गरेको छ । दुध देखि हरीयो तरकारीसम्मका वस्तु खरीद गर्दा प्लाष्टिकको प्रयोग हुने गरेको छ । हाट बजार देखि ठुला व्यावसायिले समेत प्लाष्टिको व्यापक प्रयोग गरीरहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्