मामाघरमा औषधी पुर्याउन गएका जहदाका लक्ष्मण मरण्डी सम्पर्कविहीन, प्रहरी खोज्दै

<span class='c1'>मामाघरमा औषधी पुर्याउन गएका जहदाका</span> <span class='c2'>लक्ष्मण मरण्डी सम्पर्कविहीन, प्रहरी खोज्दै</span>

विराटनगर । मोरङको जहदा गाँउपालीका २ बिरपुर टोलका लक्ष्मण मरण्डी गरारातीदेखी सम्पर्कविहीन भएका छन् । मामा घरमा रहेकी विरामी आमालाई औषधी पुर्याउन गएका २१ बर्षिया मरण्डी गएरातीदेखी सम्पर्कविहीन भएको मोरङ प्रहरीले जनाएको छ । विरामीलाई साईकलमा औषधी लिएर गएका मरण्डीको शंकास्पद देखिएपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । गएराती मामा घरमा रहेकी विरामीलाई आमालाइ औषधी पुर्याउन गएका मरण्डी राती ८ बजेदेखी सम्पर्कविहीन भएको स्थानियले बताएका छन् ।


मरण्डीको साईकल सडकमा बेवारिसे अवस्थामा छाडिएको र आमालाई लगेको औषधीहरु पनि २ — ३ ठाँउमा छरिएको देखिएपछि गम्भिररुपमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिनुभयो । हाल प्रहरीले धरानबाट विशेष अनुसन्धानको लागि कुकुर ल्याएर अनुसन्धान थालेको छ ।


त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया सहित ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक कविन राईको टोली र जहदा गाँउपालीकाका अध्यक्ष जितेन्द्रप्रसाद साह पनि घटना स्थलमा पुगेका छन् । प्रहरीले विशेष अनुसन्धानका प्रहरीको टोली खटाएर शंकस्पथ स्थानहरुमा खोजीकार्यलाई तिव्र बनाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्